सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काडमाडाैं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
बुधबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार चाँदी ताेलाकाे १० रूपैयाँ बढेर पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियाे।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फागुन १४, २०८२ बिहीबार ११:१५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।