सकारात्मक सर्किटसँगै नेप्से दोहोरो अङ्कले बढ्याे

सकारात्मक सर्किटसँगै नेप्से दोहोरो अङ्कले बढ्याे

काठमाडौँ : बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ।

आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भयाे।

१५७ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १३ को स्थिर रह्यो ।

जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशत बढ्यो। बैंकिङ ०.२२, विकास बैंक० ०.२१, होटल तथा पर्यटन ०.४७, जलविद्युत् ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१९ र अन्य समूह ०.३५ प्रतिशत बढे।

आजको कारोबारमा साल्पा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.९८ प्रतिशत घट्याे।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको २८ करोड ६९ लाख १९ हजार २७५ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

फागुन १३, २०८२ बुधबार १६:१८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।