चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
काठमाडाैं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो।
बुधबार सरकारको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत गरिएको बताए।
फागुन १३, २०८२ बुधबार १५:५८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।