ग्यालेक्सी स्मार्टफोन सार्वजनिक हुनुअघि नै सामसङले ल्यायो ‘ह्यान्ड राइजर’ अफर

ग्यालेक्सी स्मार्टफोन सार्वजनिक हुनुअघि नै सामसङले ल्यायो ‘ह्यान्ड राइजर’ अफर

काठमाडौं : सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोन सार्वजनिक हुनुअघि नै ‘ह्यान्ड राइजर’ (प्रि-रिजर्भ) योजना ल्याएको छ। फेब्रुअरी २३ देखि २६ सम्म लागू हुने अफर अन्तर्गत ग्राहकले २१ हजार रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

अफर अन्तर्गत प्रि-रिजर्भ गर्ने ग्राहकले १५ हजार रुपैयाँ बराबरको १ टीबीसम्मको मेमोरी अपग्रेड र ५ हजार ९९९ रुपैयाँ मूल्यको ६० वाटको फास्ट चार्जर प्राप्त गर्नेछन्। यो सुविधा पुराना स्मार्टफोन साटेर नयाँ उपकरण लिन चाहने ग्राहकका लागि लक्षित छ।

एक्सचेन्ज सुविधाका लागि सामसङका ग्यालेक्सी S23, S24 र S25 सिरिजका साथै आइफोन (iDevice) १४, १५ र १६ संस्करणका स्मार्टफोनहरू योग्य हुनेछन्। ग्राहकले नयाँ एआई-पावर्ड (AI-Powered) स्मार्टफोनका लागि आधिकारिक वेबसाइट (samsungcampaigns.com)मार्फत दर्ता प्रक्रिया पूरा गरी आफ्नो प्रि-रिजर्भेसन सुरक्षित गर्न सक्नेछन्।

सामसङ एमएक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापितका अनुसार ग्राहकलाई नवीनतम प्रविधिमा सहज पहुँच र थप मूल्य प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो। सामसङका अधिकृत स्टोरहरूमा हुलास फिनसर्भद्वारा सञ्चालित 'सामसङ इन्स्टाफाइनान्स' मार्फत शून्य प्रतिशत ब्याज र शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको सरल ईएमआई सुविधा उपलब्ध रहेको जनाएको छ।  

फागुन १२, २०८२ मंगलबार १४:४०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।