मकवानपुरमा मोटरसाइकल नालामा खस्दा चालकको मृत्यु
मकवानपुर : मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागमती गाउँपालिका-८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा गए राति भएकाे दुर्घटनामा मोटरसाइकल चालक प्रेमबहादुर गोलेकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
दुर्घटनाकाे खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्रदेश ३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक मकवानपुर बकैया गाउँपालिका-८ बस्तिपुरका करिब ४० वर्षीय प्रेमबहादुर गोले गम्भीर घाइते भएका थिए।
घाइते गोलेलाई उपचारका लागि तत्काल हेटाैडा अस्पताल पठाइएको थियो। अस्पताल पुर्याइएको केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फागुन १२, २०८२ मंगलबार १२:००:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।