सीजी इलेक्ट्रोनिक्सको ‘राष्ट्रिय प्रमोटर मिट’, उत्कृष्ट प्रमोटरहरू सम्मानित

सीजी इलेक्ट्रोनिक्सको ‘राष्ट्रिय प्रमोटर मिट’, उत्कृष्ट प्रमोटरहरू सम्मानित

काठमाडौं : सीजी इलेक्ट्रोनिक्सले देशभर कार्यरत आफ्ना १२५ भन्दा बढी प्रमोटरहरूका लागि तीन दिने ‘राष्ट्रिय प्रमोटर मिट’ सम्पन्न गरेको छ। 

काठमाडौंमा फागुन ७, ८ र ९ गते आयोजित उक्त कार्यक्रममा एलजी, सीजी, मिडिया, टीसीएल, गोदरेज, क्रम्पटन, बेको लगायतका स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका प्रमोटरहरूको सहभागिता थियो।

तालिममा प्रमोटरहरूलाई नयाँ प्रविधि, उत्पादनका विशेषता, बजारको अवस्था र ग्राहक सेवासम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको थियो। बिक्री क्षमता अभिवृद्धि र ब्रान्ड केन्द्रित रणनीतिक सोच विकास गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न प्रयोगात्मक र उत्प्रेरणात्मक सत्रहरू समेत सञ्चालन गरिएका थिए।

कार्यक्रमको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रमोटरहरूलाई विभिन्न विधामा पुरस्कृत र सम्मान गरिएको थियो। दक्ष जनशक्तिमार्फत उपभोक्तालाई वस्तुका बारेमा स्पष्ट जानकारी र गुणस्तरीय सेवा प्रदान गर्न यस किसिमको तालिमले सहयोग पुग्ने कम्पनीको विश्वास छ।

आगामी दिनमा पनि मानव संसाधन विकास र क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

फागुन १०, २०८२ आइतबार १८:३२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।