भक्तपुरको सल्लाघारीमा कजारिया टाइल्सको नयाँ शोरूम सञ्चालन

भक्तपुरको सल्लाघारीमा कजारिया टाइल्सको नयाँ शोरूम सञ्चालन

भक्तपुर : कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको सल्लाघारीस्थित इटापाकोमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। फागुन ९ गतेदेखि पीएनएस ट्रेडर्स एण्ड सप्लायर्समार्फत उक्त शोरूम औपचारिक रूपमा खुल्ला गरिएको हो।

शोरूमको उद्घाटन 'मिस वर्ल्ड नेपाल २०२४' आश्मा केसी तथा कम्पनीका प्रतिनिधिहरूले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा कम्पनीले भक्तपुर र आसपासका क्षेत्रका ग्राहकलाई आधुनिक र गुणस्तरीय टाइल्स समाधान उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

नयाँ शोरूममा विभिन्न आकारका ग्लज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल र सेरामिक वाल टायलहरू प्रदर्शनमा राखिएका छन्। विशेषगरी ६०x१२० से.मी., ६०x६० से.मी. र ३०x६० से.मी. लगायतका विभिन्न साइज र डिजाइनका टायलहरू यहाँ उपलब्ध छन्।

नेपालमै उद्योग स्थापना गरी टायल उत्पादन गरिरहेको यस कम्पनीले हालसम्म देशभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीको दाबीअनुसार स्वदेशी उद्योगमार्फत अन्तर्राष्ट्रिय मापदण्डका ३ हजारभन्दा बढी डिजाइनका टायलहरू उत्पादन हुँदै आएका छन्।

फागुन १०, २०८२ आइतबार १८:१३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।