काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको मृत्यु
काठमाडौं : काठमाडौंमा बसबाट खसेर एक वृद्धको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो ।
जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट उनी खसेकी थिइन्।
बसबाट खसेर गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
फागुन १०, २०८२ आइतबार १८:१२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।