पाल्पामा ३२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

पाल्पामा ३२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

पाल्पा : पाल्पामा ३२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको माथागढी गाउँपालिका-७ बस्ने १९ वर्षीय रेम बहादुर ठाडा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनलाई शनिबार दिउँसो प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

ठाडाले ती महिलालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाका बारेका थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।  

फागुन १०, २०८२ आइतबार १२:३६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।