रामेछापमा बोलेरो सटरभित्र छिर्दा ५ वर्षीया बालिकाको मृत्यु

रामेछापमा बोलेरो सटरभित्र छिर्दा ५ वर्षीया बालिकाको मृत्यु

रामेछाप : रामेछापमा बोलेरो गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बागमती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले ठक्कर दिँदा रामेछाप नगरपालिका–६ च्यास्कुकी अन्दाजी ५ वर्षीय बालिकाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी प्रवक्ता राजनप्रसाद तिमिल्सिनाका अनुसार बालिका पसलमा सामान किनिरहेको अवस्थामा बोलेरो सटरभित्रै छिरेको थियो।

स्थानीयका अनुसार बोलेरो चालक नभएको मौका छोपी अटो चालक स्थानीय तिर्थबहादुर तामाङले गाडी चलाउँदा उक्त दुर्घटना भएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए।

प्रहरीले सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

फागुन ९, २०८२ शनिबार १७:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।