‘जिरो डिग्री’मा विजय बरालपछि सनिशा भट्टराईको ‘इन्ट्री’
काठमाडौं : विजय बराल अनुबन्ध भएको फिल्म ‘जिरो डिग्री’मा सनिशा भट्टराई पनि अनुबन्धित भएकी छन्। निर्माण टिमले विजय बरालको जोडीका रूपमा सनिशालाई अनुबन्ध हो।
हालै अनुबन्ध भएकी सनिशा र विजयको यो फिल्ममा पहिलो स्क्रिन सेयर हुनेछ। विजय र सनिशा बाहेक अन्य कलाकार निर्माण पक्षले खुलाएका छैनन्।
फिल्ममा आकाश बराल र साजन काफ्लेले संयुक्त रूपमा निर्देशन गर्दैछन्। दुवै जनाले यस फिल्मको पटकथा समेत लेखेका छन्। यस फिल्मको कथालाई राजन भुसालले लेखेको हुन। उनी आफै पनि यो फिल्ममा अभिनय गर्दैछन्।
मोती कार्की रहेको यस फिल्मले सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँको कथा भन्ने छ। जहाँ आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनाहरूलाई कथाले भन्ने छ।
यही टिमले फिल्मको प्रचार स्वरूप केही दिनअघि ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेको थियो। यसमा फिल्मका कलाकार विजय बराल र गायक अङ्कित बाबु अधिकारीले गाएका थिए। उक्त गीतमा युवराज काफ्लेको शब्द र अङ्कित बाबु अधिकारीकै सङ्गीत रहेको यस गीतले राजनीति र विकासको नाममा गरिने टालटुले प्रवृत्तिमाथि तिखो व्यङ्ग्य गरिएको सुन्न सकिन्छ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्ममा निशाल पौडेलले छायाङ्कन गर्ने छन् भने फिल्मको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।
फागुन ८, २०८२ शुक्रबार १५:०९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।