नक्कली पेस्तोल ठानेर खेलाउने क्रममा सर्लाहीमा गोली लागेर एक बालक घाइते

नक्कली पेस्तोल ठानेर खेलाउने क्रममा सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही : सर्लाहीकाे सदरमुकाम मलङ्गवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्।

मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ टोलका १५ वर्षीय आकाश राम घाइते भएका हुन्।

घर नजिकै नजिकैकाे निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको वस्तु फेला पारेका थिए। आकाशले सो वस्तु खोल्दा नक्कली पेस्तोल ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। 

तत्काल उनलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएकाे थियाे।

गोली उनको दाहिने हातको पन्जामा लागेको छ। चिकित्सकका अनुसार उनको घाइते बालकको प्रादेशिक अस्पताल मलङ्वामा उपचार भइरहेको र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको  र पेस्तोलको खोका अड्किएको अवस्थामा भेटिएको जानकारी दिएका छन्।

गत आइतबार फागुन ३ गते राति मलङ्गवामै अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो। उक्त घटनामा प्रयोग भएको हतियार पनि हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

फागुन ७, २०८२ बिहीबार १५:५७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।