निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा कट्टेल, बाँस्तोलासहित चार जना पक्राउ

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा कट्टेल, बाँस्तोलासहित चार जना पक्राउ

काठमाडौं : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई बुधबार कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिए। 

हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उनले बताए। 

उनका अनुसार मङ्गलबार राति नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको छ। उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए।

नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचन विरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ।

फागुन ६, २०८२ बुधबार १९:२९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।