डेढ लाख नेपालीको रोजाइमा एनटर्क, देशभर मनाइयो '१५०-के सेलेब्रेसन'
काठमाडौं : नेपालका लागि टिभिएस दुई-पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले 'एनटर्क १२५' स्कुटरका प्रयोगकर्ताको संख्या १ लाख ५० हजार पुगेको उपलक्ष्यमा देशभर उत्सव मनाएको छ।
बिहीबार (फागुन ६ गते) जगदम्बा मोटर्सले देशभरका आफ्ना आधिकारिक शोरूमहरूमा '१५० के सेलेब्रेसन' आयोजना गरी यो उपलब्धि सार्वजनिक गरेको हो। कम्पनीका अनुसार १.५ लाख प्रयोगकर्ताको आँकडाले नेपाली बजारमा एनटर्कको बलियो उपस्थितिलाई थप सुदृढ बनाएको छ।
कार्यक्रममा ग्राहक, राइडर समुदाय तथा डिलरहरूको सहभागिता रहेको थियो। यस अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो सफलतालाई ग्राहकको भरोसा र डिलर नेटवर्कको समर्पणको प्रतिफल भएको बताए। उनले १.५ लाखको यो माइलस्टोन बिक्री अंक मात्र नभई नेपाली राइडरहरूको विश्वासको प्रमाण भएको उल्लेख गरे।
आफ्नो रेसिङ-इन्स्पायर्ड डिजाइन र स्मार्ट कनेक्टेड फिचर्सका कारण विशेषगरी युवा र शहरी कम्युटरहरूमाझ यो स्कुटर लोकप्रिय रहँदै आएको छ। शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले देशभर फैलिएको आफ्नो सेवा र स्पेयर पार्ट्स सञ्जालमार्फत यो उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ।
फागुन ६, २०८२ बुधबार १९:१५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।