मंगलबार पनि घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो
काठमाडाैं : नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको मूल्य मंगलबार नाै सय घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँ पुगेको छ।
सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। चाँदी २५ रूपैयाँले बढेर तोलामा चार हजार आठ सय ८५ कायम भएकाे छ।
सोमबार एक तोला चाँदी चार हजार आठ सय ६० मा काराेबार भएकाे थियाे।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार नाै सय ७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फागुन ५, २०८२ मंगलबार ११:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।