कजारियाको जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा
जनकपुर : प्रिमियम टायल ब्रान्ड कजारियाले मधेश प्रदेशमा बजार विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ।
बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. ले सञ्चालन गर्ने यस शोरूमको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको हो।
शोरूमको उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले गरे।
कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी, मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपाललगायत स्थानीय उद्योगी, इन्जिनियर र आर्किटेक्टहरूको उपस्थिति थियो।
निर्देशक अग्रवालले जनकपुरमा शोरूम विस्तारले उपभोक्तालाई गुणस्तरीय उत्पादनमा सहज पहुँच पुग्ने र स्थानीय आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपालकै सबैभन्दा ठूलो टायल उद्योग सञ्चालन गरिरहेको कजारियाले देशभर १०० भन्दा बढी शोरूममार्फत सेवा दिँदै आएको छ।
कम्पनीले ३ हजारभन्दा बढी डिजाइनका अत्याधुनिक, पानी तथा दाग प्रतिरोधी टायलहरू उत्पादन गर्दै आएको जनाएको छ।
फागुन ५, २०८२ मंगलबार ०८:०७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।