फेरि पक्राउ परे दुर्गा प्रसाईं, निर्वाचन विरोधी गतिविधि गरेको आरोप
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
निर्वाचन आचारसंहिता विपरीतको अभिव्यक्ति दिएको र योजनाबद्ध रूपमा निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै प्रहरीले नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार प्रसाईंले आचारसंहिताको बर्खिलाप हुने गरी अफवाह फैलाएको र चुनाव विरोधी गतिविधिमा सक्रिय भएको पाइएपछि नियन्त्रणमा लिइएको हो।
निर्वाचन आयोगको पत्र र सूचनाका आधारमा उनलाई पक्राउ गरी अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको प्रहरीले जनाएको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक समेत रहेका प्रसाईं यसअघि पनि पक्राउ परेका थिए। त्यसबेला उनलाई हाजिरी जमानीमा छुटेका थिए।
फागुन ४, २०८२ सोमबार २१:५८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।