स्थानीय व्यवसाय प्रवर्द्धनमा महालक्ष्मी विकास बैंकको पहल, 'बिजचित्र'मार्फत ब्राण्डिङ

स्थानीय व्यवसाय प्रवर्द्धनमा महालक्ष्मी विकास बैंकको पहल, 'बिजचित्र'मार्फत ब्राण्डिङ

काठमाडौं : महालक्ष्मी विकास बैंकद्वारा आयोजित 'बिजचित्र फोटोग्राफी प्रतियोगिता'का विजेतालाई पुरस्कार वितरण गरिएको छ।

स्थानीय साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको बैंकले जानकारी दियो।

गत भदौ ११ देखि असोज ३१ सम्म संकलन गरिएका फोटोहरूमध्येबाट तीन सदस्यीय निर्णायक मण्डलले उत्कृष्ट १५ तस्बिर छनोट गरेको थियो। प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो हुन सफल भएका छन्।

उनीहरूले प्रमाणपत्रसहित क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी, 'पब्लिक च्वाइस अवार्ड' तर्फ सर्वाधिक भोट प्राप्त गरी शर्मन राज भण्डारीले १० हजार रुपैयाँ पुरस्कार जितेका छन्। कार्यक्रममा उत्कृष्ट १५ फोटोग्राफरलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।

स्थानीय उद्यमशीलता, कला र व्यवसायलाई डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने लक्ष्य अनुरूप बैंकले यो कार्यक्रम सञ्चालन गरिरहेको छ। यसैबीच, डिजिटल बैंकिङ्ग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सञ्चालित 'महालक्ष्मी माघ महोत्सव' समेत सफलतापूर्वक सम्पन्न भएको बैंकले जनाएको छ। 

फागुन ४, २०८२ सोमबार १७:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।