‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्र

‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्र

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गरेको भन्दै अनलाइन सञ्चारमाध्यम ‘सेतोपाटी’लाई आवश्यक कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

आयोगले सोमबार काउन्सिललाई पत्र लेख्दै सेतोपाटीले चितवन क्षेत्र नम्बर ३ को निर्वाचन परिणामबारे गरेको प्रक्षेपण र उम्मेदवारको पक्ष/विपक्षमा समाचार सम्प्रेषण गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगको पत्रमा उल्लेख भएअनुसार, सेतोपाटीले २०८२ आइतबार ‘चितवन-३ मा सोबिता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र सोमबार ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

आयोगले यी सामाग्रीहरू ‘निर्वाचन आचारसंहिता, २०८२6 को विपरीत रहेको ठहर गरेको छ।

आचारसंहिताको दफा ४ को खण्ड (त) मा उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म मत परिणामका सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा/प्रकाशन गर्न नहुने व्यवस्था छ।

साथै, दफा २५ को उपदफा (१) को खण्ड (ख) ले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था गरेको छ।

फागुन ४, २०८२ सोमबार १२:४३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।