नयाँ फिचरसहित बजाज डोमिनार ४०० सार्वजनिक, फागुन ४ देखि टेस्ट राइड खुला
काठमाडौं : बजाज नेपालले अत्याधुनिक प्रविधि र परिष्कृत फिचरसहितको ‘अल-न्यू अपग्रेडेड डोमिनार ४००’औपचारिक रूपमा सार्वजनिक गरेको छ।
फागुन १ गते आयोजित एक कार्यक्रममा राइडर, इन्फ्लुएन्सर र सञ्चारकर्मीहरूको उपस्थितिबीच नयाँ बाइकको अनावरण गरिएको हो।
नयाँ डोमिनार ४०० मा ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, राइड-बाइ-वायर सहितका चार वटा राइड मोड र ट्र्याक्सन कन्ट्रोल जस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्।
साथै, यसमा डट म्याट्रिक्स डिस्प्ले, एड्जस्टेबल लेभर र हजार्ड लाइट प्रणाली जस्ता फिचरले राइडिङ अनुभवलाई थप सुरक्षित र सहज बनाउने कम्पनीले जनाएको छ।
कार्यक्रममा डोमिनारको प्रदर्शन क्षमता झल्काउने ‘मनाङ एक्सप्लोरर राइड’को प्रिमियर समेत गरिएको थियो। इच्छुक ग्राहकहरूले फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने टेस्ट राइडमार्फत नयाँ डोमिनार ४०० को अनुभव लिन सक्नेछन्।
फागुन ४, २०८२ सोमबार १२:२०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।