सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघले आजका लागि १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ रहेको थियो। 

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ६७ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

फागुन ४, २०८२ सोमबार ११:०५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।