भ्रष्टाचार काण्डमा मुछिएका युक्रेनका पूर्व ऊर्जामन्त्री देश छाडेर भाग्दै गर्दा पक्राउ

भ्रष्टाचार काण्डमा मुछिएका युक्रेनका पूर्व ऊर्जामन्त्री देश छाडेर भाग्दै गर्दा पक्राउ

एजेन्सी : युक्रेनका पूर्व ऊर्जामन्त्री जर्मन हलुस्चेन्कोलाई देश छाड्ने प्रयास गरिरहेको अवस्थामा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।

गत वर्ष सार्वजनिक भएको एक ठुलो भ्रष्टाचार काण्डमा नाम जोडिएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो।

अधिकारीहरूका अनुसार हलुस्चेन्को युक्रेनबाट बाहिर जान लागेको एउटा गुडिरहेको रेलभित्र पक्राउ परेका हुन्। उनी कुन देशतर्फ भाग्न लागेका थिए भन्नेबारे विस्तृत विवरण भने खुलाइएको छैन।

गत नोभेम्बरमा सार्वजनिक भएको करिब १०० मिलियन डलरको कथित भ्रष्टाचार प्रकरणमा उनको संलग्नता रहेको दाबी गरिएको छ। सोही घोटाला काण्ड बाहिरिएपछि उनी सरकारी अनुसन्धानको घेरामा परेका थिए।

यस भ्रष्टाचार काण्डले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको प्रशासनलाई समेत नैतिक दबाबमा पारेको छ।

रुससँगको युद्ध सुरु हुनुअघि राष्ट्रपति जेलेन्स्की मुलुकबाट भ्रष्टाचार निर्मूल पार्ने मुख्य वाचाका साथ सत्तामा आएका थिए। युद्धको समयमा उच्च पदस्थ अधिकारी नै भ्रष्टाचारमा मुछिएपछि जेलेन्स्की सरकारको चर्को आलोचना भइरहेको छ।

फागुन ४, २०८२ सोमबार १०:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।