चिया उद्योगलाई विशाल अर्थतन्त्रमा रूपान्तरण गर्दै चीन
एजेन्सी : चीनले आफ्नो परम्परागत चिया उद्योगलाई आधुनिक, वातावरणमैत्री र विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ।
सन् २०३० सम्ममा चिया उद्योगलाई कुल १.५ लाख करोड युआनको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्यसहित त्यहाँका पाँच सरकारी विभागले नयाँ मार्ग निर्देशन जारी गरेका हुन्।
यस योजनाअनुसार उद्योगको गुणस्तर र दक्षता सुधार गरिनेछ। २०२८ सम्म प्रमुख चिया उत्पादन क्षेत्रहरूमा निरन्तर प्रगति र गुणस्तर वृद्धिलाई सुनिश्चित गरिनेछ। यसअन्तर्गत उत्पादन शृङ्खलामा आधुनिक प्रविधि प्रयोग, विविध उत्पादन विस्तार र उपभोक्तालाई अझ राम्रो सेवा पुर्याउने योजना बनाइएको छ।
मार्ग निर्देशनले विज्ञान र प्रविधि नवप्रवर्तनलाई बलियो बनाउन, बजारलाई प्रोत्साहन दिन र विशेष उद्योग क्लस्टरको विकास अघि बढाउन जोड दिएको छ। कच्चा चियालाई घरेलु सामग्री, दैनिक उपभोगका उत्पादन, सौन्दर्य प्रसाधन र स्वास्थ्य क्षेत्रहरूमा प्रयोग बढाउने योजना पनि बनाइएको छ।
फागुन ३, २०८२ आइतबार ०७:४३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।