संविधान सभा सदस्य चौधरी कांग्रेसमा प्रवेश

संविधान सभा सदस्य चौधरी कांग्रेसमा प्रवेश

सर्लाही : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं संविधान सभा सदस्य केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

सर्लाहीको बलरा नगरपालिका- ९, अचलगढमा आयोजित एक कार्यक्रमकाबीच चौधरीले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्।

चौधरीसँगै जसपा नेपालका महासचिव मनिषकुमार मिश्र पनि कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति एवं सर्लाही- ४ का उम्मेदवार गगन थापाले पार्टीमा स्वागत गरे। 

कांग्रेसले उनीहरूको आगमनले सांगठनिक सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

फागुन २, २०८२ शनिबार १७:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।