वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको आरोपमा एक जना पक्राउ

काठमाडाै‌ं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेकाे अभियोगमा एक जना परेका छन्।

 पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका-४ का ५६ वर्षीय महेश तामाङ रहेका छन्।  तामाङले एक जना पीडितबाट तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो।

निजलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको छ। 

फागुन २, २०८२ शनिबार १२:१४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।