कास्कीमा ५६ अति संवेदनशील, ५४ संवेदनशील मतदानस्थल

कास्कीमा ५६ अति संवेदनशील, ५४ संवेदनशील मतदानस्थल

कास्की : आगामी फागुन २१ मा हुने निर्वाचनमा कास्की जिल्लामा एक सय ५३ मतदानस्थल रहेका छन्। जसमध्ये ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन्। 

तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए। 

निर्वाचन क्षेत्र अन्तर्गत कास्की क्षेत्र नं १ मा  १९ अतिसंवेदनशील, २८ संवेदशील र १४ सामान्य मतदानस्थल छन् भने क्षेत्र नं २ मा सात, अतिसंवेदनशील, आठ संवेदशील र १८  सामान्य ​​​​​​​मतदानस्थल छन्।    

त्यस्तै क्षेत्र नं ३ मा ३० अतिसंवेदनशील, १८ संवेदशील र ११ सामान्य गरी​​​​​​​ मतदानस्थल रहेका छन्।

मतदानस्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रूपमा अनुगमन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए। तीनवटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

कास्की जिल्लामा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता रहेका छन्। 

फागुन २, २०८२ शनिबार १०:०९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।