वेब समिट कतार २०२६ मा नेपालबाट एआई कम्पनी 'टिङ टिङ' सहभागी

वेब समिट कतार २०२६ मा नेपालबाट एआई कम्पनी 'टिङ टिङ' सहभागी

काठमाडौं :  विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलन मानिने 'वेब समिट कतार २०२६'  मा आर्टिफिसियल इन्टेलिजेन्स  कम्पनी 'टिङ टिङ' सहभागी भयो।

कतारको दोहामा फेब्रुअरी ४ मा सम्पन्न भएको चार दिने उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने 'टिङ टिङ' एकमात्र स्टार्टअप कम्पनी बनेको छ।

विश्वभरका प्रविधि विशेषज्ञ, दिग्गज लगानीकर्ता र नवप्रवर्तनकारी कम्पनीहरूको कुम्भमेला मानिने यस समिटमा १२० देशका १,६०० भन्दा बढी स्टार्टअपहरू सहभागी थिए।

नेपालमै निर्मित आफ्नै 'रिरी' इन्जिन र स्थानीय भाषालाई सूक्ष्म रूपमा बुझ्ने अत्याधुनिक प्रणालीका कारण कम्पनीले विश्व मञ्चमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो।

सम्मेलनको मुख्य आकर्षणमध्येको एक 'स्टार्टअप सोकेस' मा टिङ टिङकी डाइरेक्टर अफ इन्जिनियरिङ, एन्जेलिका साहले कम्पनीको तर्फबाट विशेष प्रस्तुति दिइन्।

उनले 'नेपालमा निर्मित, विश्वका लागि' भन्ने मूल मन्त्रका साथ अघि बढेको|र  नेपालका ठूला बैंक, इन्टरनेट सेवा प्रदायक र सरकारी निकायहरूको सञ्चार प्रणालीमा सफलतापूर्वक प्रयोग भई 'ब्याटल टेस्टेड'  भइसकेको प्रविधि अब विश्व बजारमा पनि ठूला समस्याहरू समाधान गर्न सक्ने बताइन्।

सम्मेलनका क्रममा टिङ टिङको टोलीले विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्ता र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूसँग संवाद र नयाँ साझेदारीका लागि महत्वपूर्ण छलफलहरू समेत गरेको थियो।

माघ २८, २०८२ बुधबार २३:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।