बुधबार नेप्से परिसूचक स्थिर, आठ अर्ब ६९ करोडको कारोबार
काठमाडौं : साताको चौथो कारोबार दिन आज शेयर बजार स्थिर रहेको छ। आज नेप्से ०.०४ अंकले घटेको छ। आज नेप्से २६६२.०९ विन्दुमा बन्द भएको छ।
मंगलबार २६६२ विन्दुमा बन्द भएको नेप्से बुधबार पनि २६६२ विन्दुमा नै बन्द भयो।
आज बुधबार नेप्सेमा ८ अर्ब ६९ करोडको कारोबार भयो। यसदिन तीन सय २९ वटा धितोपत्रको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच भएको हो।
आज बजार बन्द हुँदा एक सय १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ। १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
आज १३ वटा समूह मध्ये बैंकिङ समूह, विकास बैंक, ऊर्जा, लगानी र निर्जीवन बीमा बढेका छन्।
माघ २८, २०८२ बुधबार १५:५८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।