सुनको मूल्य सामान्य बढ्याे, चाँदीकाे घट्याे

सुनको मूल्य सामान्य  बढ्याे, चाँदीकाे घट्याे

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। 

सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य आज तोलामा नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँ पुगेको छ। 

सोमबार सुन प्रतितोला तीन लाख चार सय ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। 

सोमबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रूपैयाँ घटेर पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

माघ २७, २०८२ मंगलबार ११:२४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।