नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
चितवन : चितवनको भरतपुरस्थित नारायणी नदीमा हाम फालेकी एक महिलालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
भरतपुर महानगरपालिका-२, पुलचोकस्थित नारायणी पुलबाट नदीमा हाम फालेकी २० वर्षीया सविना परियारको सशस्त्र प्रहरीले तत्काल उद्धार गर्न सफल भएको हो।
भरतपुर महानगरपालिका-२० निवासी परियारले बिहीबार नदीमा हाम फालेकी थिइन्।
उनले नदीमा हाम फाले लगत्तै सशस्त्र प्रहरी बल नेपालको आईआरटी पोष्ट पुलचोकबाट सुरक्षा फौज परिचालित भएको थियो।
सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमाण्डमा खटिएको टोलीले उनलाई नदीबाट जीवितै बाहिर निकालेको सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता एवं सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
सकुशल उद्धार गरिएकी परियारलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। उनले के कारणले नदीमा हाम फालेकी हुन् भन्नेबारे भने खुल्न सकेको छैन।
माघ २७, २०८२ मंगलबार ११:२४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।