दराज ११.११ का विजेताहरू घोषणा, आश्माले १ रुपैयाँमै जितिन् इलेक्ट्रिक स्कुटर

दराज ११.११ का विजेताहरू घोषणा, आश्माले १ रुपैयाँमै जितिन् इलेक्ट्रिक स्कुटर

काठमाडौं : दराज नेपालको वार्षिक उपहार योजना '११.११' अन्तर्गत ललितपुर हरिसिद्धीकी आश्मा दाहालले 'ग्राण्ड प्राइज' स्वरूप एथर रिज्टा इलेक्ट्रिक स्कुटर जितेकी छिन्।

अभियानको '१ रुपैयाँ डिल' मा सहभागी भएकी दाहालले न्यूनतम १० हजार रुपैयाँको खरिद मापदण्ड पूरा गर्दै यो पुरस्कार हात पारेकी हुन्।

नोभेम्बर १० देखि ३० सम्म चलेको यस मेगा सेल अभियान अन्तर्गत अन्य विभिन्न पुरस्कारहरूको पनि घोषणा गरिएको छ।

जसअनुसार राजविराजका सुवास विश्वकर्माले थाइल्याण्ड भ्रमणको अवसर पाएका छन् भने निकिता श्रेष्ठले नगरकोटको कन्ट्री भिल्लामा बसाइ जितेकी छिन्।

त्यसैगरी, नम्रता सापकोटा, कृपा शाही ठकुरी, अलिशा श्रेष्ठ, शिवानी मिश्र र अभिषेक पौडेलले रुपाकोट रिसाेर्टमा स्टे-ओभर प्याकेज प्राप्त गरेका छन्।

ग्राहकहरूको उत्साहजनक सहभागिताले अभियानलाई सफल बनाएको बताउँदै दराज नेपालले आगामी दिनमा अझ नवीन र आकर्षक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

माघ २७, २०८२ मंगलबार १०:०५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।