यस पटक पुरानै मतपेटिकामा मतदान
काठमाडौं : फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले काठमाडौँ उपत्यका भित्रका विभिन्न मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरेको छ। २०७९ को निर्वाचनमा प्रयोग भएर आयोगमा राखिएको मतपेटिका काठमाडौँ र ललितपुरको मतदान केन्द्रहरूमा पठाउन थालेको हो।
मौज्दात मतपेटिकाहरु मध्ये टुटे फुटेको बाहेक पुनः प्रयोग गर्न मिल्ने मतपेटिकाहरु छुट्याएर वितरण सुरु गरिएको आयोगले जानकारी दिएको छ। एउटा मतदान केन्द्रमा समानुपातिक र प्रत्यक्ष गरी २ मतपेटिका आवश्यक हुन्छ भने सोही सङ्ख्यामा मौज्दात पनि राखिएको हुन्छ।
निर्वाचन आयोगले यो पटक नयाँ मतपेटिका किनेको छैन। २०७९ सालको निर्वाचनमा प्रयोग भएर पुनः प्रयोग गर्न मिल्ने अवस्थाको मतपेटिका नै पर्याप्त मौज्दात रहेको आयोगले बताएको छ।




माघ २५, २०८२ आइतबार २०:२९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।