नेपाली क्रिकेट टिमको प्रशंसामा युवराजले लेखे 'च्याम्पियनहरु यसरी नै उदय हुन्छन्'

नेपाली क्रिकेट टिमको प्रशंसामा युवराजले लेखे 'च्याम्पियनहरु यसरी नै उदय हुन्छन्'

काठमाडौँ : टी-२० विश्वकपमा इङ्गल्यान्ड विरुद्धको नेपालको खेलपछि  विश्व क्रिकेटका 'सिक्सर किङ' भनेर चिनिने भारतीय पूर्व क्रिकेटर युवराज सिंहले नेपाली क्रिकेट टोलीको साहस र खेलको उच्च प्रशंसा गरेका छन्। आइतबारको प्रतिस्पर्धात्मक खेलमा नेपाल छिनो रनले इङ्गल्यान्डसँग पराजित भयो।

सिंहले सामाजिक सञ्जालमार्फत नेपाली टिमको प्रशंसा गर्दै लेखे "नेपालप्रति ठुलो सम्मान! विश्वकै उत्कृष्ट टोलीमध्ये एकसँग भिड्दै, अन्तिम बलसम्म लडाइँ जारी राख्नु र विश्वास अनि हृदयले के गर्न सक्छ भन्ने देखाउनु आफैँमा ठुलो कुरा हो। टिम यसरी नै अघि बढ्छन् र च्याम्पियनहरू यसरी नै उदय हुन्छन्। विश्व क्रिकेटले तिमीहरूलाई हेरिरहेको छ!"

टी-२० विश्वकपको पहिलो खेलमा नेपाल इङ्गल्यान्डसँग चार रनले पराजित भयो। अन्तिम २ बलमा ६ रन चाहिनेमा दुवै पटक एक एक रन मात्र आएपछि नेपाल पराजित भएको थियो।

माघ २५, २०८२ आइतबार १९:५६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।