रेशम चौधरीकाे रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

रेशम चौधरीकाे रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

काठमाडाैँ : नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीकाे उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो ।

टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। 

माघ २५, २०८२ आइतबार १७:५२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।