टी-२० विश्वकपमा नेपाललाई जितका लागि १८५ को लक्ष्य
काठमाडौं : आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्यान्डले नेपाललाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ। भारतको मुम्बइमा रहेको वानखडे स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले सात विकेट गुमाएर एक सय ८४ रन बनाएको हो।
टस जितेर इंग्ल्यान्डले पहिले ब्याटिङ रोजेको थियो। इंग्ल्यान्डका ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाएका थिए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाएका थिए।
नेपालका बलर शेर मल्लले आफ्नो डेब्यु खेलको पहिलो बलमै इंग्ल्याण्डको विकेट लिएका थिए। दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिएका थिए। सन्दीप लामिछानेले १ विकेट लिए।
माघ २५, २०८२ आइतबार १७:०७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।