टी-२० विश्वकपको डेब्युमै शेर मल्लले लिए विकेट

टी-२० विश्वकपको डेब्युमै शेर मल्लले लिए विकेट

काठमाडौं : स्पिनर शेर मल्लले आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो बलमै विकेट लिएका छन्। उनले इङ्ग्ल्यान्डका खेलाडी फिल साल्टको विकेट विकेट लिएका हुन्। यो नेपाल र उनी दुवैको पहिलो विकेट हो। उनले नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेको यो पहिलो खेल हो। 

टी-२० विश्वकपका लागि नेपाली टिममा १५ मध्ये ५ खेलाडी पहिलो पटक टी-२० विश्वकप टिम समावेश भएका छन्। तीमध्ये शेरले डेब्यू गर्न बाँकी थियो। शेरसहित आरिफ शेख, लोकेश बम, नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका छन्। टस जितेर  इंग्ल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

माघ २५, २०८२ आइतबार १५:२६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।