टी-२० विश्वकपबाट शेर मल्लको डेब्यु
काठमाडौं : स्पिनर शेर मल्लले आइसिसी टी-२० विश्वकप क्रिकेटबाट नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन्। भारत र श्रीलङ्कामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलबाट उनले डेब्यू गर्न लागेका हुन्।
टी-२० विश्वकपका लागि नेपाली टिममा १५ मध्ये ५ खेलाडी पहिलो पटक टी-२० विश्वकप टिम समावेश भएका छन्। तीमध्ये शेरले डेब्यू गर्न बाँकी थियो।
शेरसहित आरिफ शेख, लोकेश बम, नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका छन्। टस जितेर इंग्ल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
माघ २५, २०८२ आइतबार १५:१७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।