मौसम पूर्वानुमान : केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ। कोशी  प्रदेशका उच्च पहाडी र हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी आइतबार राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्ने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

माघ २५, २०८२ आइतबार ०७:१७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।