टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
काठमाडौं : विराट कोहली र रोहित शर्मा बिना पहिलो पटक टी-२० विश्वकप खेलिरहेको भारतीय टोलीको ब्याटिङ धर्मराएको छ। टोलीले अमेरिकाविरुद्ध निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो।
टोलीका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर समेत छुन सकेनन्। यद्यपि, कप्तान सूर्यकुमार यादवले ४९ बलमा ८४ रनको योगदान दिए।
खेलका क्रममा अक्षर पटेल (१४ रन) लाई हिम्मत सिंहले पेभिलियनको बाटो देखाए भने हार्दिक पाण्ड्या ५ रन बनाएर आउट भए। उनलाई पनि हिम्मत सिंहले नै १३औँ ओभरमा क्याच आउट गराए। यसअघि रिंकू सिंह (६ रन) पेभिलियन फर्किसकेका थिए।
भारतीय टोलीले पावरप्ले भित्रै ४ विकेट गुमाइसकेको थियो। छैटौं ओभरमा वेन शल्कविकले ईशान किशन, तिलक वर्मा र शिवम दुबेलाई आउट गरे। अभिषेक शर्मा भने दोस्रो ओभरमै शून्य रनमा आउट भएका थिए।
माघ २४, २०८२ शनिबार २१:१७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।