स्थिर सरकार देशको आवश्यकता हो : लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताहरूले निर्वाचनका बेला गरेका प्रतिबद्धता तोकिएको समयमा पूरा नगरे नागरिकले उनीहरूलाई सजाय दिनुपर्ने धारणा राखे।
शनिबार चितवनमा आयोजित एक कार्यक्रममा उनले भने, "भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने। नेताले बोल्दो हिँड्दो सकियो पूरा नगरी यतिकै हाँसेर हिँड्न पाइन्छ, पाइन्न।"
लामिछानेले पाँच वर्षको स्थिर सरकार देशको आवश्यकता रहेको बताए। "यस पटक हामीले कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनुपर्ने हुन्छ। ५ वर्षको स्थायी सरकार यो देशले पाउँछ। त्यसपछि ५ वर्षको कामले बोल्छ, हामीले बोल्न पर्दैन," उनको भनाइ थियो।
माघ २४, २०८२ शनिबार १५:०३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।