कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कैलाली : कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति लम्कीचुहा नगरपालिका- ८ स्थित पूर्वपश्चिम राजमार्गको गप्का सडकखण्डमा ट्रकको ठक्करबाट १५ वर्षीय शिरिष भण्डारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार सुपप्र ०१–००१ ख २८५० नम्बरको ट्रकले साइकलमा सवार भण्डारीलाई ठक्कर दिएकाे थियाे।
मृतकका आफन्तले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरिएको हो ।
पीडितपक्ष र ट्रक व्यवसायीबिच अहिले छलफल भइरहेको डिएसपी तिमिल्सेनाले जानकारी दिए।
माघ २४, २०८२ शनिबार १३:२०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।