वरिष्ठ अभिनेता सुनिल थापाको हृदयघातका कारण निधन
काठमाडौँ : राते काइँलाको नामले परिचित अभिनेता सुनिल थापाको हृदयघाका कारण निधन भएको छ। ६८ वर्षीय थापाकाे शनिबार बिहान ६ बजेतिर थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
हास्यकलाकार तथा अभिनेता विल्सन विक्रम राईले उनको निधन भएको पुष्टि गरे।
उनले भने,‘राम नाम सत्य’फिल्मको सुटिङबाट आएर हिजो बेलुका सुत्नु भएको र आज फेरि सुटिङमा जानु छ भनेर विष्णु भन्ने भाई एभरेष्ट फिल्म एकेडेमीको भाई बिहान चाँडै उठाइदिनु भन्नु भएको रहेछ। बिहान साँढे ६ बजे उठाइदिन जाँदा हुनुहुन्थेन रैछ। सोही समयमा केहि हुन्छ कि भनेर नर्भिक ल्याएको,नरहनु भएको खबर आयो।’
उनी एक सातादेखि फिल्म ‘राम नाम सत्य’को सुटिङ सेटमा रहेका थिए।
थापाको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।
नयाँबानेश्वरमा एभरेष्ट फिल्म एकेडेमीमा अभिनय सिकाउँदै आएका थापा नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
माघ २४, २०८२ शनिबार १०:०४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।