चार वर्षीय बालिका मृत्युमा जोडिएका चालक पाँच दिनका लागि हिरासतमा
काठमाडौं : चार वर्षीया बालिका मृत्यु घटनामा कारका चालकविरुद्ध ५ दिन म्याद थप भएको छ। बिहीबार उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको कारले ठक्कर दिँदा बालिकाको मृत्यु भएको थियो।
बालिका किच्ने बा १५ च ४२४४ नम्बरका कार २७ वर्षीय शेख मुस्ताखले चलाएको खुलेपछि शुक्रवार उनी विरुद्ध अदालतले अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न पाँच दिनको म्याद दिएको हो।
मुस्ताखले चलाएको कारले बिहीबार २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई किच्दा उनको मृत्यु भएको थियो। कार उम्मेदवार सागिरको नाममा रहेको खुलेको छ। प्रहरीले चालकमाथि सवारी ज्यानमा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
माघ २३, २०८२ शुक्रबार १८:१४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।