तराईमा हुस्सु र तुवाँलो, पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा

तराईमा हुस्सु र तुवाँलो, पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

यद्यपि, तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका धेरैजसो स्थानमा हुस्सु र तुवाँलो लाग्ने सम्भावना छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, आज राति पनि तराईका केही स्थानमा हुस्सु र तुवाँलो यथावत रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने र अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ।

माघ २३, २०८२ शुक्रबार ०७:२१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।