जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिका- ७ बडगाउँ मोडमा आज दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।

पुर्चौडी - ७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो। घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए। अहिले विभिन्न स्थानबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

माघ २२, २०८२ बिहीबार २१:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।