‘जिली इएक्स-५’ नेपाली बजारमा सार्वजनिक

‘जिली इएक्स-५’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं : जिली अटो मोबाइलको आधिकारिक विक्रेता एलआरआर मोटर्सले २०२६ मोडलको ‘जिली इएक्स-५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालमा प्रायः नयाँ मोडलका सवारीसाधनहरू वर्षको मध्यतिर सार्वजनिक हुने प्रचलन रहे एलआरआर मोटर्सले वर्ष २०२६ को सुरुवातमै नयाँ मोडल बजारमा उपलब्ध गरायो।

समय अगावै नयाँ मोडल उपलब्ध हुँदा ग्राहकले पुराना वा ‘आउटगोइङ’ मोडल खरिद गर्नुपर्ने बाध्यता हट्ने र सवारीको ‘रि-सेल भ्यालु’ (पुनः बिक्री मूल्य) मा समेत सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ।

नयाँ मोडलको मुख्य विशेषताका रूपमा ‘इनबिल्ट’ एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी दिइएको छ। यस प्रविधिले स्मार्टफोनलाई गाडीको प्रणालीसँग सहजै जोड्न मद्दत पुर्याउँछ, जसका कारण चालकले नेभिगेसन, सञ्चार र मनोरञ्जनका सुविधाहरू सुरक्षित रूपमा प्रयोग गर्न सक्नेछन्।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार विश्वस्तरीय मोबिलिटी समाधानलाई ढिलाइ नगरी नेपाली ग्राहकमाझ पुर्याउनु कम्पनीको मुख्य प्राथमिकता हो। विद्युतीय सवारी (ईभी) को बढ्दो बजारमा प्रविधिमैत्री एसयूभीका रूपमा जिली इएक्स- ५ ले आफ्नो पहिचान थप सुदृढ गर्ने कम्पनीको विश्वास छ।

माघ २२, २०८२ बिहीबार १६:३६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।