रोयल इन्फिल्डको ‘हन्टर ३५०’ पोखरामा लन्च
पोखरा : रोयल इन्फिल्डले आफ्नो चर्चित मोडल ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गरेको छ। कम्पनीले गण्डकी प्रदेशका ग्राहकका लागि पोखरास्थित शोरुममार्फत टेस्ट-राइड र बुकिङ सुरु गर्यो।
२०२५ एडिसनको यो मोटरसाइकलमा बीएस सिक्स (BS VI) मापदण्डको ३४९ सीसी जे-सिरिज इन्जिन प्रयोग गरिएको छ। यसमा डुअल च्यानल एबीएस (Dual Channel ABS), स्लिप असिस्ट क्लच, १६० एमएम ग्राउण्ड क्लियरेन्स, एलइडी हेडलैम्प र ट्रिपर नेभिगेटर जस्ता फिचर्स रहेका छन्।
शहरी र पहाडी दुवै सडकका लागि उपयुक्त भनिएको यो मोडल सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी बिक्री भइसकेको छ। लन्चका अवसरमा रोयल इन्फिल्डका निर्देशक मेघ राज पौडेलले पोखराको जीवनशैली र सडकका लागि यो मोडल निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे।
पोखरा शोरुममा अहिले टेस्ट-राइड र तत्काल डेलिभरीको सुविधा उपलब्ध छ। सन् १९०१ देखि सञ्चालनमा रहेको रोयल इन्फिल्डले हाल नेपालमा सीकेडी (CKD) एसेम्बलीमार्फत मोटरसाइकल उत्पादन तथा बिक्री गर्दै आएको छ।
माघ २२, २०८२ बिहीबार १५:४१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।