सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाइएको भन्दै स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाइएको भन्दै स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं : झुटो विवरण तयार गरेर आफूविरूद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपभासपति स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन्। 

‘सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खल्बल्याउने कुनियतले सामग्री प्रचारप्रसार गर्नेहरू पत्ता लगाई हदैसम्मको कारबाही गरि पाउँ’ भन्दै वाग्लेले उजुरी दिएका हुन्।

उनले धर्म र व्यक्तिगत आस्थाबारे भ्रम सिर्जना गराई आफ्नाबारे नकारात्मक धारणा पैदा गराउन खाेजेकाे उल्लेख गरेका छन्। 

‘विगत केही दिनदेखि मेरो धर्म र व्यक्तिगत आस्थाबारे भ्रम सिर्जना गराई समाजको एउटा तप्काका नजरमा नकारात्मक धारणा पैदा गराउन सकिन्छ कि भन्ने संगठित दुस्साहस गरिँदै छ,’  निवेदनमा भनेका छन्, ‘झुटा र बनावटी विवरणहरू जोसकुैले सजिलै सम्पादन गर्न मिल्ने विकिपिडिया जस्तो वेबसाइटमा हिजो एक दिनमा मात्र १३५ पटक गलत इन्ट्री गराउँदै, स्क्रिनसट लिँदै व्यापक रुपमा नक्कली सामग्री फेसबुक र एक्समा प्रसारण गरिएको छ।’

उनले उजुरीसँगै सामाजिक सञ्जालमा फैलाइएका सामग्रीको लिंक पनि साइबर ब्युरोमा बुझाएका छन्। 

माघ २२, २०८२ बिहीबार १५:१५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।