क्यानडाविरुद्ध नेपालको खेल सुरू

क्यानडाविरुद्ध नेपालको खेल सुरू

काठमाडौं : आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को तयारी स्वरूप आज भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम (चेपक)मा नेपाल र क्यानडाबीचको वार्म-अप खेल सुरू भएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले आफ्नो इनिङ्सको सुरुवात सुस्त गतिमा गरेको छ। ताजा विवरण अनुसार, क्यानडाले दुई ओभरमा कुनै विकेट नगुमाई ७ रन बनाएको छ।

नेपालका लागि इनिङ्सको पहिलो ओभर अनुभवी तीव्र गतिका बलर करण केसीले गरे भने दोस्रो ओभर सोमपाल कामीले गर्दैछन्।

यो वार्म-अप खेल भएको हुनाले दुवै टोलीले १५-१५ जना खेलाडीको सूची बुझाएका छन्, जसमध्ये ११ जनाले ब्याटिङ र ११ जनाले फिल्डिङ गर्न पाउनेछन्।

आजको खेलमा नियमित कप्तान रोहित पौडेल क्याप्टेन्स डेका लागि मुम्बई गएकाले उपकप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेका छन्।

माघ २२, २०८२ बिहीबार १३:२५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।