आचारसंहिता अनुगमन प्रभावकारी बनाउन गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी एक विज्ञप्तिमा जिल्लाका सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आयोगले प्रदान गरेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी प्रभावकारी ढङ्गमा निर्वाह गर्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकेकाे छ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोगद्वारा प्रदान यस जिम्मेवारीलाई कार्यान्वयन गर्न गराउन निष्पक्ष र निर्भीक भई कार्य गर्नुहुनेछ भन्ने विश्वास गृह मन्त्रालयले लिएको छ र सबै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको रूपमा सम्पादित कार्यहरूको प्रतिवेदन मन्त्रलायमा समेत उपलब्ध गराउन अनुरोध गर्दछ।’
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आयोगले आचार संहिता, २०८२ लागू गरिसकिएको छ।
माघ २२, २०८२ बिहीबार १३:०९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।